सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिबार काठमाडौंको कोटेश्वरस्थित होटल ए वन भेन्यूमा स्टार एजेन्सी मिट २०८२ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। यो कार्यक्रममा काठमाडौं उपत्यका सहित चारवटा रिजनका ६०० भन्दा बढी अभिकर्ताहरूको सहभागिता रहेको थियो।
कम्पनीले अभिकर्ताहरूको प्रोत्साहन र क्षमता वृद्धिका लागि दक्ष प्रशिक्षकबाट तालिम प्रदान गर्यो। तालिमपछि सहभागी अभिकर्ताहरूले भविष्यमा अझ उत्साहजनक व्यवसाय गर्नका लागि ऊर्जा प्राप्त भएको प्रतिक्रिया दिएका छन्।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले अभिकर्ताहरूलाई हौसला प्रदान गर्दै आगामी दिनमा पनि अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा तालिमहरूको निरन्तरता दिइने बताएका छन्। कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत निराजन कडेल, चिफ बिजनेस अफिसर गुनराज श्रेष्ठ, सूर्य प्रसाद गुप्ता, सन्दिप कजासु लगायत अन्य उत्कृष्ट अभिकर्ताहरूको सहभागिता थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस