Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफको १ लाख कित्ता सेयर बेच्दै एनआईसी एशिया,प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

बुधबार, १४ साउन २०८२, १२ : ०२ मा प्रकाशित

सूर्यज्योति लाइफको १ लाख कित्ता सेयर बेच्दै एनआईसी एशिया,प्रतिकित्ता मूल्य कति ?

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले प्रतिकित्ता न्यूनतम २३२ रुपैयाँमा गोप्य शिलबन्दी बोलपत्रमार्फत सेयर बिक्री गर्ने जनाएको छ।

बोलपत्र साउन १४ गतेदेखि २९ गतेसम्म पेश गर्न सकिनेछ। न्यूनतम ५ हजार कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ।

बोलपत्र फाराम एनआईसी एशिया क्यापिटल लिमिटेड, थापाथली काठमाडौंसहित बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा उपलब्ध हुनेछ।

बैंकका अनुसार संस्थापक सेयरधनीलाई पूर्वप्राथमिकता दिइसकेकाले अब इच्छुक सबै लगानीकर्ताले आवेदन दिन सक्नेछन्। हाल धितोपत्र दोस्रो बजारमा सूर्यज्योति लाइफको संस्थापक सेयरको मूल्य प्रतिकित्ता २४५ रुपैयाँ आसपास छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको