श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आज साउन १३ गते आइपीओ निष्काशनको अनुमति दिएको हो ।
कम्पनीले ३२ करोड ६२ लाख रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा आईपीओ निष्काशन गर्नेछ। आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट लिमिटेड रहेको छ। कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत अर्थात् ३२ लाख ६२ हजार ५०० कित्ता सेयर जारी गर्नेछ भने बाँकी ८० प्रतिशत संस्थापक समूहको हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस