Like us!
Follow us!
Connect us!
Watch us!

को बन्ला कांग्रेस बागमतीको संसदीय दलको नेता ?

अर्थ संसार

बुधबार, १४ साउन २०८२, १५ : ५४ मा प्रकाशित

को बन्ला कांग्रेस बागमतीको संसदीय दलको नेता ?

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयनका लागि मदतान सम्पन्न भएको छ । मतदान सकिएसँगै निर्वाचनको मतगणना सुरु भएको हो । 

कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा मतदान सकिएसँगै प्रक्रिया पूरा गरेर गणना सुरु भएको हो । निर्वाचनमा संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामा र सांसद इन्द्र बानियाँबिच प्रतिस्पर्धा रहेको छ । 
लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि रिक्त पदमा बुधबार निर्वाचन भएको हो । तर  लामाले फेरि उम्मेदवारी दिएका हुन् ।  निर्वाचनमा शतप्रतिशत अर्थात सबै ३७ सांसदले मतदानमा भाग लिएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको