निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई औपचारिक मान्यता दिएको छ। शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशन पार्टीको विधान र प्रचलित कानुनअनुसार सम्पन्न भएको ठहर गर्दै त्यसबाट चयन भएका पदाधिकारीहरूको विवरण अभिलेखमा अद्यावधिक गर्ने निर्णय गरेको हो।
आयोगको यस निर्णयसँगै विशेष महाधिवेशनबाट पारित सबै प्रस्ताव र निर्णयहरू वैधानिक रूपमा लागू हुने भएका छन्। यसले विशेष महाधिवेशन अवैध भएको दाबी गर्दै आएका सभापति शेरबहादुर देउवा पक्षको तर्क स्वतः खारेज भएको अवस्था सिर्जना गरेको छ।
अब पार्टीभित्र हुने प्रत्यक्ष मनोनयनदेखि संगठन सञ्चालनसँग सम्बन्धित सबै गतिविधिमा विशेष महाधिवेशनबाट बनेको नेतृत्वको निर्णय नै आधिकारिक मानिनेछ। आयोगको निर्णयपछि गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको धारले गरेका निर्णयहरू वैधानिक हैसियतमा कार्यान्वयन हुने स्पष्ट भएको छ।
यससँगै शेरबहादुर देउवा नेतृत्वमा रहेको पुरानो केन्द्रीय कार्यसमिति स्वतः निष्क्रिय र अमान्य भएको मानिनेछ। आयोगको निर्णयले कांग्रेसभित्रको नेतृत्व संरचना र अधिकारको केन्द्र स्पष्ट रूपमा नयाँ दिशातर्फ मोडिएको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस