Like us!
Follow us!
Connect us!
Watch us!

अल्पविकसित मुलुकमा स्तरोन्नतिले हाम्रो स्वाभिमान बढाउँछ- प्रधानमन्त्री ओली

अर्थ संसार

बुधबार, १४ साउन २०८२, १६ : १५ मा प्रकाशित

अल्पविकसित मुलुकमा स्तरोन्नतिले हाम्रो स्वाभिमान बढाउँछ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुँदा नेपालको स्वाभिमान बढ्ने बताएका छन् । बुधबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले अल्पविकसित मुलुकबाट नेपाल स्तरोन्नति हुँदा स्वाभिमान बढ्ने बताएका हुन् । 

‘यो खुशीको कुरा हो । यसले हाम्रो अन्तर्राष्ट्रिय छवी उचो हुने र नेपाल आत्मनिर्भर हुने दिशातर्फ अघि बढेको यो संकेत हो । नेपालको कन्ट्री रेटिङको सूचकांक बलियो बन्नेछ र लगानीको लागि थप वातावरण तयार हुनेछ,’ उनले भने । यसले नेपालको भिजिट डिप्लोमेसी र सगरमाथा सम्बाद, लगानी सम्मेलन जस्ता कन्फेरेन्स डिप्लोमेसीमार्फत आर्थिक कूटनीति मजबुत बनाउनसक्ने अवसर दिने उनले बताए । 

नेपालको अधिकांश व्यापार तथा सहकार्य द्वीपक्षीय भएकोले स्तरोन्नतिका कारण यस क्षेत्रमा धेरै असर पर्ने स्थिति नभएको उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको