नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल बन्दको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्। पार्टी बैठकमै बसेर उनले ओलीलाई फोन गरी आज रातिदेखि नै फेसबुकसहितका प्लेटफर्म पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन्।
गत बिहीबार सरकारले सूचीकृत नभएको कारण देखाउँदै फेसबुक एक्ससहितका सामाजिक सञ्जालमाथि रोक लगाएको थियो। यस कदमले देशभर चर्को विरोध उब्जिएको छ।
सोही विषयलाई लिएर आज राजधानीमा जेनजी पुस्ताले सडकमा उत्रेर भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन गरेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस