Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध किटानी जाहेरी, प्रहरीबाट आयोगमा पठाइयो

अर्थ संसार

मंगलबार, २१ असोज २०८२, १८ : ३४ मा प्रकाशित

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध किटानी जाहेरी, प्रहरीबाट आयोगमा पठाइयो

‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङसहितको टोलीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गराएको छ। उक्त जाहेरी काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकालीमा पेश गरिएको हो।

प्रहरीले प्राप्त जाहेरीलाई अध्ययनका लागि सरकारले गठन गरेको जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगमा पठाएको जनाएको छ। आयोग अहिले आन्दोलनका क्रममा भएका घटनाको कारण, परिणाम र संलग्नताको विषयमा अनुसन्धान गरिरहेको छ।

जाहेरी दर्तासँगै अब आयोगले यस विषयमा थप अनुसन्धान अघि बढाउने तयारी गरेको बुझिएको छ। यस घटनाले जेनजी आन्दोलनबारेको राजनीतिक र कानुनी बहसलाई अझै चर्काएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको