Like us!
Follow us!
Connect us!
Watch us!

एमालेले देशभरका निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो, केही स्थान अध्यक्षको जिम्मामा

अर्थ संसार

आइतबार, ०४ माघ २०८२, ०७ : ३४ मा प्रकाशित

एमालेले देशभरका निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो, केही स्थान अध्यक्षको जिम्मामा

नेकपा एमालेले आसन्न निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ। आज बसेको पार्टी सचिवालय बैठकले उम्मेदवार छनोटसम्बन्धी निर्णय गरेको र केही क्षेत्र बाहेक अधिकांश स्थानमा नाम तय भइसकेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्।

सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लामा द्वारिका न्यौपाने, सूर्यबहादुर थापा, गौरीशंकर चौधरी, लेखराज भट्ट र यज्ञराज ढुङ्गानालाई उम्मेदवार बनाइएको छ। कञ्चनपुरबाट कमला बोहरा, वचनबहादुर सिंह र दीपक भट्ट अघि सारिएका छन् भने अछाममा झपटबहादुर बोहरा र यज्ञ बोगटी चयन भएका छन्। बाजुराबाट लालबहादुर थापा, डोटीबाट दीपक धामी, डडेल्धुराबाट चक्र स्नेही, बझाङबाट अफिलाल ओखेडा, बैतडीबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेशसिंह ठगुन्ना उम्मेदवार बनेका छन्।

कर्णाली प्रदेशमा सल्यानबाट गुलाबजंग शाह, रुकुम पश्चिमबाट नन्दराम देवकोटा, सुर्खेतबाट धुर्व शाही र कुलमणि देवकोटा, कालिकोटबाट नागेन्द्र शाही, जुम्लाबाट शान्तिबहादुर महत, मुगुबाट पूर्णबहादुर रोकाया, हुम्लाबाट दल फडेरा, डोल्पाबाट लङ्क रोकाया, दैलेखबाट रविन्द्रराज शर्मा र लक्ष्मीराज शर्मा तथा जाजरकोटबाट डम्मरबहादुर सिंहलाई उम्मेदवार बनाइएको छ।

लुम्बिनी प्रदेशमा नवलपरासीबाट रामप्रसाद पाण्डे र भगवतीप्रसाद यादव चयन भएका छन्। रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र रुकुम पूर्वका केही क्षेत्रको उम्मेदवार भने पार्टी अध्यक्षले टुङ्ग्याउने गरी खुला राखिएको छ। अन्य क्षेत्रमा बासुदेव घिमिरे, खिमलाल भट्टराई, विश्राम चौधरी, बिरेन्द्र कडौनिया, घनश्याम पाण्डे, सूर्य ढकाल, दलबहादुर सुनार, सालिकराम अधिकारी, विमला विक, नारायण आचार्य, विष्णुप्रसाद पोडेल, गोकुल घर्ती, सूर्यबहादुर थापा, पिताम्बर भुसाल, प्रदीप ज्ञवाली र गोकर्ण बिष्ट उम्मेदवार छन्।

गण्डकी प्रदेशमा नवलपुरबाट भागीरथ सापकोटा र तिलबहादुर महत क्षेत्री, गोरखाबाट आर.सी. लामिछाने र मिलन गुरुङ, लमजुङबाट पृथ्वी सुब्बा गुरुङ, तनहुँबाट भगवती न्यौपाने र केदार सिग्देल, स्याङ्जाबाट मिनप्रसाद गुरुङ र खिमबहादुर थापा, कास्कीबाट बैणबहादुर क्षेत्री, कृष्ण थापा र दामोदर बैरागी, बागलुङबाट हिरा केसी र मञ्जु शर्मा चालिसे, मुस्ताङबाट इन्द्रधारा बिष्ट, मनाङबाट पोल्देन सोताङ गुरुङ र पर्वतबाट पदम गिरी उम्मेदवार बनेका छन्।

बागमती प्रदेशमा सिन्धुलीबाट प्रदीप केसी र मनोजजंग थापा, रामेछापबाट माधवप्रसाद ढुङ्गेल, दोलखाबाट पार्वत गुरुङ, सिन्धुपाल्चोकबाट आङदोर्जे शेर्पा र शेरबहादुर तामाङ, धादिङबाट भूमी त्रिपाठी र धनबहादुर घले, नुवाकोटबाट बद्री मैनाली र केशव पाण्डे, रसुवाबाट प्रेमबहादुर तामाङ, मकवानपुरबाट रामेश्वर राना र महेश बर्तौला, चितवनबाट कृष्णराज पाठक, अस्मिन घिमिरे र शंकरराज थपलिया उम्मेदवार छन्। काठमाडौं र ललितपुरका केही क्षेत्र भने अध्यक्षले पछि टुङ्ग्याउने गरी राखिएका छन्।

मधेश प्रदेशमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्गो लागिसकेको छ भने केही क्षेत्रमा अध्यक्षको निर्णय बाँकी छ। यसैगरी कोशी प्रदेशमा पाँचथर, इलाम, झापा, मोरङ, उदयपुर, खोटाङलगायत जिल्लामा नाम तय गरिएको छ भने ताप्लेजुङ र केही अन्य क्षेत्रमा अध्यक्षले उम्मेदवार तोक्नेछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको