नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको आगामी निर्वाचन रणनीति अन्ततः सार्वजनिक गरेको छ। लामो समयदेखि चलिरहेको “क्षेत्र परिवर्तन” को चर्चालाई चिर्दै ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाटै चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय गरेका छन्।
शनिबार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीलाई परम्परागत आधार क्षेत्रबाटै उम्मेदवार बनाउने निष्कर्ष निकालेको हो।
झापा–५ ओलीका लागि राजनीतिक इतिहाससँग जोडिएको क्षेत्र हो। २०४८ सालमा पहिलो पटक संसद् प्रवेश गरेदेखि उनले यही क्षेत्रलाई आफ्नो प्रभाव क्षेत्र बनाउँदै आएका छन्। २०६४ सालको पराजय बाहेक, उनी अधिकांश चुनावमा यही क्षेत्रबाट विजयी हुँदै आएका छन्।
यसपटकको चुनाव भने सहज देखिँदैन। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह यही क्षेत्रबाट उम्मेदवारी दिन सक्ने तयारीमा रहेको चर्चा छ, जसले चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ। नेकपा (माओवादी केन्द्र)ले युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाइसकेको छ भने नेपाली कांग्रेस अझै निर्णयमा पुगेको छैन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस