Like us!
Follow us!
Connect us!
Watch us!

मन्दाकिनी हाइड्रोपावरको लकइन समय आज सकिंदै

अर्थ संसार

शुक्रबार, १६ साउन २०८२, १० : ३९ मा प्रकाशित

मन्दाकिनी हाइड्रोपावरको लकइन समय आज सकिंदै

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लकइनमा रहेको सेयरको लकइन समय आज सकिदै छ । कम्पनीको ४८ लाख ४५ हजार २१७ कित्ता सेयरको लकइन अवधि आज साउन १६ गते सकिने भएको हो । 

आजबाट कम्पनीको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीको सेयरको लकइन अवधि सकिने भएको हो । कम्पनीको संस्थापकको ४१ लाख ७० हजार ५९७ कित्ता, स्थानीय बासिन्दाको ६ लाख ४८ हजार ७६२ कित्ता र कर्मचारीको २५ हजार ८५८ कित्ता सेयर लकइनमा रहेको थियो । 

कम्पनीले आईपीओ निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको दिनदेखि संस्थापक, स्थानीय र कर्मचारीको सेयर ३ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान छ । यस कम्पनीले २०७९ साउन १७ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको थियो ।
आज लकइन अवधि सकिने भएसँगै आइतबारबाट उक्त सेयर कारोबार गर्न सकिनेछ । तर कम्पनीका संस्थापक र उच्च तहका कर्मचारीले भने कारोबार गर्न नपाउने कम्पनीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको