Like us!
Follow us!
Connect us!
Watch us!

कहिले सकिदै छ स्थानीका लागि रसुवागढी हाइड्रोले जारी गरेको सेयरको लकइन अवधि ?

अर्थ संसार

शुक्रबार, २३ साउन २०८२, १५ : १७ मा प्रकाशित

कहिले सकिदै छ स्थानीका लागि रसुवागढी हाइड्रोले जारी गरेको सेयरको लकइन अवधि ?

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको सेयरको लकइन अवधि भदौ २७ गते सकिने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्दा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको ६८ लाख ४२ हजार १०० कित्ता सेयर सेयरको लकइन अवधि भदौ २७ मा सकिने भएको हो । 

कम्पनीले २०७९ भदौ २८ गते आईपीओ बाँडफाँड गरेको थियो । उक्त बाँडफाँडको मितिले ३ वर्षसम्म सेयर लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम हालसम्म सो सेयर लकइनमा रहेको छ । आउँदो भदौ २७ गते उक्त सेयरको लकइन अवधि सकिएपछि भदौ २९ गतेबाट सो सेयर खरीद–बिक्री गर्न सकिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको