क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको १ लाख बढी कित्ता सेयरको लकइन अवधि असोजमा सकिने भएको छ । कम्पनीको १ लाख २५ हजार ५०० कित्ता सेयरको लकइन अवधि आउँदो असोज ५ गते सकिने भएको हो ।
यस कम्पनीले कुल २२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेकोमा त्यसमध्ये ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता आईपीओ सामूहिक लगानी कोषलाई बाँडेको थियो । सामूहिक लगानी कोषलाई बाँडेफाँट गरिएको उक्त सेयरको लकइन अवधि ६ महीनापछि नै सकिने भएकाले आउँदो असोज ५ गतेबाट उक्त सेयरको लकइन अवधि समाप्त हुने भएको हो ।
संस्थापक र कर्मचारी र आयोजना प्रभाविततर्फको सेयर भने ३ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस