Like us!
Follow us!
Connect us!
Watch us!

खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा कहिले देखि दिन पाइन्छ आवेदन ?

अर्थ संसार

शुक्रबार, १६ साउन २०८२, १० : ५२ मा प्रकाशित

खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा कहिले देखि दिन पाइन्छ आवेदन ?

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गर्ने कहप्रद सेयरमा आउँदो भदौ ३ गतेदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीले १ः१ अनुपातमा जारी गर्न लागेको हकप्रद सेयरको बिक्री खुल्दा भदौ ३ गते देखि गर्न लागेको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई असार १० गते हकप्रद सेयर जारी गर्ने अनुमति दिएको थियो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले गत असार २७ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ असार २६ गतेसम्म नेप्सेमा कारोबार गरेका सेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन सक्नेछन् ।

आवेदन आउँदो भदौ ३ गतेदेखि भदौ २३ गतेसम्म दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको