आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) को वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार नाफा, ब्याज आम्दानी र सञ्चालन नतिजामा सुधार गर्दै लघुवित्तले वित्तीय अवस्था बलियो देखाए पनि उच्च एनपीएल अझै संस्थाको चुनौतीको रूपमा देखिएको छ।
खुद नाफा
अघिल्लो आवको असार मसान्तसम्म कम्पनीले १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म २१८.६४ प्रतिशतले बढेर ४ करोड ४७ लाख रुपैयाँ पुगेको छ।
खराब कर्जा
कम्पनीको खराब कर्जा (एनपीएल) भने अझै उच्च रहेको छ। अघिल्लो वर्ष कम्पनीको एनपीएल १३.२२ प्रतिशत रहेकोमा गत वर्ष केही घटेर १२.८० प्रतिशतमा झरेको छ जुन अझैपनि निकै उच्च हो।
खुद ब्याज आम्दानी/कुल सञ्चालन आम्दानी
गत वर्ष कम्पनीको आम्दानी पनि बढेको वित्तीय विवरणले देखाएको छ। खुद ब्याज आम्दानी १२ करोड ३८ लाख रुपैयाँबाट बढेर १३ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १४ करोड २२ लाख रुपैयाँबाट बढेर करीब १५ करोड १८ लाख रुपैयाँ पुगेको छ।
सञ्चालन घाटा
अघिल्लो वर्ष कम्पनीले ८ करोड ६० लाख रुपैयाँ सञ्चालन घाटा बेहोरेकोमा गत वर्ष भने करीब ५ करोड रुपैयाँ सञ्चालन नाफा कमाउन सफल भएको छ। कम्पनीले अघिल्लो वर्ष आफ्ना कर्मचारीमा ४ करोड ७ लाख रुपैयाँ खर्चिएकोमा गत वर्ष ४ करोड ५४ लाख रुपैयाँ खर्चिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
चुक्ता पूँजी/जगेडा कोष/सापटी/कर्जा लगानी
चुक्ता पूँजी ७ करोड ८३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २२ करोड ३१ लाख सञ्चिति रहेको छ। कम्पनीले करीब १० करोड सापटी लिएर १ अर्ब ५५ करोड कर्जा लगानी गरी ९८ करोड निक्षेप संकलन गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस