Like us!
Follow us!
Connect us!
Watch us!

कहिले बस्दैछ प्रभु इन्स्योरेन्स साधारणसभा ?

अर्थ संसार

शनिबार, १७ साउन २०८२, १९ : ३४ मा प्रकाशित

कहिले बस्दैछ प्रभु इन्स्योरेन्स साधारणसभा ?

प्रभु इन्स्योरेन्सको २९औं वार्षिक साधारणसभा साउन २३ गतेका लागि बाेलाइएकाे छ । उक्त सभा काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे सुरु हुने छ । 

साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १८% बोनस सेयर र ०.९४७४% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। सभाले २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा पारीश्रमिक निर्धारण गर्नेछ। साथै, बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ४७% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिनेछ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि साउन २ गते बुक क्लोज गरेको छ। तसर्थ, साउन १ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको