Like us!
Follow us!
Connect us!
Watch us!

श्वेत–गंगा हाइड्रोपावरको सेयरको लकइन अवधि समाप्त, आजदेखि खरिद बिक्री गर्न सकिने

अर्थ संसार

आइतबार, १८ साउन २०८२, ०८ : ४८ मा प्रकाशित

श्वेत–गंगा हाइड्रोपावरको सेयरको लकइन अवधि समाप्त, आजदेखि खरिद बिक्री गर्न सकिने

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको अकइन अवधिमा रहेको सेयरको लकइन अवधि सकिएको छ । कम्पनीको ९६ लाख ८९ हजार ५०० कित्ता सेयरको लकइन अवधि शनिबारदेखि सकिएको हो । 

कम्पनीको संस्थापकको ७३ लाख कित्ता, कर्मचारीको ७ लाख ९६ हजार ५०० कित्ता र आयोजना प्रभावितको १५ लाख ९३ हजार कित्ता सेयरको लकइन अवधि सकिएको हो । लकइन अवधि सकिएसँगै यी सेयरहरू आजदेखि नियमित कारोबार गर्न सकिने छ । तर सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा रहेका कर्मचारीको भने सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

कम्पनीले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको दिनदेखि ३ वर्षसम्म संस्थापक, कर्मचारी र आयोजना प्रभावितको शेयर लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम उक्त सेयर लकइनमा थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको