नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन आज तोलामा १ हजार ९०० रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि गत बैशाख ९ गते एक लाख ९७ हजार ९०० रुपैयाँको ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्यले आज उक्त दिनको रेकर्ड तोडेको हो ।आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला २ हजार २ सय ८० रुपैयाँ पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस