तेह्रथुम पावर कम्पनी लिमिटेडले ४ लाख बढी कित्ता अवितरित हकप्रद सेयर बोलकबोल (लिलामी) प्रक्रियामार्फत बिक्री गर्न लागेको छ।
कम्पनीले २०७८ साल असार १६ गतेदेखि साउन ११ गतेसम्म १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हकप्रदमा आवेदन नपरेको सर्वसाधारण समूहको ४ लाख १८ हजार ७३८ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
तर, सो अवधिमा सर्वसाधारण समूहबाट मागअनुसार आवेदन नपरेको सेयर अब लिलामीमार्फत बिक्री गरिने भएको हो।लिलामीको आवेदन साउन २७ गतेदेखि खुला हुनेछ। इच्छुक व्यक्ति, कम्पनी वा संघ–संस्थाले यसमा सहभागी भई आवेदन दिन सक्नेछन्। बोलकबोल सेयरको न्यूनतम मूल्य १०० तोकिएको छ। आवेदन दिने बेला कम्तीमा १०० कित्ता र अधिकतममा सबै अवितरित सेयरका लागि निवेदन दिन सकिने व्यवस्था छ।
लगानीकर्ताले आवेदन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नबिल बैंकका विभिन्न शाखाहरू — विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी — मार्फत पेश गर्न सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस