Like us!
Follow us!
Connect us!
Watch us!

गुणस्तरिय पूर्वाधार निर्माणमा सरकार प्रतिबद्ध छ  - अर्थमन्त्री विष्णु पौडेल

अर्थ संसार

बुधबार, २१ साउन २०८२, ११ : ०९ मा प्रकाशित

गुणस्तरिय पूर्वाधार निर्माणमा सरकार प्रतिबद्ध छ  - अर्थमन्त्री विष्णु पौडेल

अर्थमन्त्रि विष्णु प्रसाद पौडेलले सरकार गुणस्तरिय सडकको पूर्वाधारलाई महत्व दिएको बताएका छन् । 'नाईमा अटो शो' को उद्घाटन गर्दै उप प्रधानमन्त्रि पौलेडले यस्तो बताएका हुन् ।

शहरी पूर्वाधारको विषयमा पनि धुलो रहित सडकको परिकल्पना गरिएको उनले बताए ।

सडकको गुणस्तर कायम गर्ने गरि बजेटमा नै व्यवस्था गरिएको उनको भनाई छ । कनेक्टिभिटिमा सडक महत्वपूर्ण भूमिका हुने उनले बताए । सरकार पूर्वाधार विकासमा लागिरशेको उनको भनाई छ । राजधानिमा अन्तराष्टिय प्रदर्शनि स्थल नभएको अवस्थामा सरकारले त्यस तर्फ पनि ध्यान दिएको बताए। यसको लाथि डिजाईनको काम भईरहेको उनले जानकारि दिए । 

पोलिसि स्थिरतामा अहिलेको सरकार निरन्तर लागिरहेको उनको भनाई छ । निजि क्षत्रसँग छलफल गरेर बजेट ल्याएको पौडेलको भनाइ छ । बजेटमा स्थिरता कायम हुनेकुराहरु समावेश भएको पनि उनले बताए । अहिले नीतिगत रुपमा स्थिरता रहेको पनि उनले दाबि गरे । 

निजिक्षेत्र मैत्री बजेट ल्याएको उनको दाबि छ । समय सान्दर्भिक रुपमा नीति परिमार्जन पनि हुने उनले बताए । बजेट कार्यान्वयनमा सबैको सहयोगको अपेक्षा गरेको उनको भनाइ छ । अहिलेको सरकार आए पछि सबै क्षेत्रमा सुधार भएको उनको दावि छ । अहिलेको सुधारले सरकार खुसि हुनेभन्दा पनि अझ सुधारका लागि सरकारले काम गर्ने उनको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको