प्रभु इन्स्योरेन्स लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २९ औँ साधारणसभा आज सम्पन्न भएको हो ।
सभाले सेयरधनीलाई चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर तिर्न ०.९४७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । त्यसैगरी यसअघि ५०.१५ प्रतिशत हकप्रद सेयर ल्याउने निर्णय भएकोमा बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले त्यसलाई संशोधन गरी ४७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्वात पनि पारित भएको छ ।
यसका साथै आर्थिक वर्ष ०८०/८१ को वित्तीय विवरणहरू पारित गरी आव ०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस