नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यवसायिक प्रशिक्षक तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको विशेष उपस्थितिमा ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’ कार्यक्रम आयोजना हुन लागेको छ। यो सेमिनारको मुख्य प्रायोजकको रूपमा देशको अग्रणी सिमेन्ट ब्रान्ड शिवम् सिमेन्ट सहभागी छ।
भदौ १२ गते (२८ अगस्ट २०८२) होटल मेरियट नक्साल, काठमाडौंमा बिहान १०:३० बजेदेखि अपराह्न ५:०० बजेसम्म सञ्चालन हुने यस कार्यक्रममा व्यवसायी, उद्यमी र युवा वर्गलाई लक्षित गरी व्यवसायिक उत्प्रेरणा र ज्ञान प्रदान गरिनेछ। शिवम् सिमेन्टका प्रतिनिधिहरूका अनुसार, विश्वस्तरका मोटिभेसनल स्पिकर डा. उज्ज्वल पाटनीसँगको सहकार्यले सहभागीहरूलाई व्यवसायमा नयाँ उचाइ हासिल गर्ने अवसर प्रदान गर्नेछ।
शिवम् सिमेन्ट आफ्नो नवीन र इनोभेटिभ कार्यक्रममार्फत ग्राहक माझ विशेष पहिचान बनाउन सफल ब्रान्ड हो। ‘शिवम् सन्देश’ र ‘नो कम्प्रोमाइज’ जस्ता अभियानमार्फत सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएको यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि सक्रिय सहभागिता जनाउँदै आफ्नो ब्रान्ड मूल्यलाई मजबुत बनाउँदै आएको छ।
डा. उज्ज्वल पाटनीले ३ वटा गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन् भने १५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका छन्। २०१४ मा ‘Top 10 Thinker’ र ‘Best Corporate Trainer of India’ जस्ता प्रतिष्ठित सम्मान पाएका उहाँको डिजिटल शो “The Ujjwal Patni Show” साप्ताहिक रूपमा ७५ भन्दा बढी देशहरूमा ८० लाखभन्दा बढी दर्शकले हेर्दै आएका छन्। साथै, उहाँका व्यवसायिक कार्यक्रमहरू Business Gurukul, VIP र Business Audit मार्फत १०,००० भन्दा बढी व्यवसायीले आफ्नो व्यवसायमा रूपान्तरण हासिल गरेका छन्।
डा. पाटनीका सात पुस्तकहरू १२ भारतीय भाषामा अनुवादित भइसकेका छन् र ती पुस्तकहरू विश्वका २८ देशहरूमा १० लाखभन्दा बढी प्रति बिक्री भइसकेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस