Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको दोस्रो त्रैमास: ५२८.५२%ले बढ्यो नाफा,कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

शुक्रबार, ०१ फागुन २०८२, ११ : ४८ मा प्रकाशित

शिवम् सिमेन्टको दोस्रो त्रैमास: ५२८.५२%ले बढ्यो नाफा,कस्ता छन् अन्य सूचक ?

शिवम सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा उल्लेखनीय नाफा वृद्धि गरेको छ।

नाफामा ५२८.५२ प्रतिशतको उछाल

कम्पनीको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५२८.५२ प्रतिशतले बढ्दै ३५ करोड ७० लाख रुपैयाँ नाघेको छ। गत वर्ष यही अवधिमा कम्पनीले करिब ५ करोड ६८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

सञ्चालन आम्दानी स्थिर

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ९ करोड रुपैयाँभन्दा बढी रहेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको ३ अर्ब १० करोड रुपैयाँको हाराहारीमै सीमित छ। यसले आम्दानीमा ठूलो वृद्धि नभए पनि खर्च सन्तुलन सुधारिएको संकेत गर्छ।

अन्य आम्दानीबाट सहयोग

चालु आर्थिक वर्षको पहिलो छ महिनामा कम्पनीले १० करोड ८२ लाख रुपैयाँभन्दा बढी अन्य आम्दानी गर्दै कुल नाफा ६५ करोड ४४ लाख रुपैयाँभन्दा माथि पुर्‍याएको छ। अघिल्लो वर्ष यही अवधिमा अन्य आम्दानी १२ करोड रुपैयाँभन्दा बढी भए पनि कुल नाफा करिब ४० करोड रुपैयाँमा सीमित थियो।

खर्च संरचना र करअघिको नाफा

समीक्षा अवधिमा कम्पनीले बिक्री लागतका रूपमा २ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ। प्रशासनिक खर्च करिब १२ करोड रुपैयाँ र बिक्री तथा वितरण खर्च २२ करोड रुपैयाँभन्दा बढी रहेको छ। यी सबै खर्चका बाबजुद आम्दानी र लागत सन्तुलनमा सुधार आउँदा करअघिको नाफा ४० करोड रुपैयाँभन्दा माथि पुगेको छ।

पूँजी संरचना र वित्तीय अवस्था

कम्पनीको चुक्ता पुँजी ५ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी रहेको छ भने जगेडा कोषमा ३ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी रकम सञ्चित छ। पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ  १८०.३८ रुपैयाँ कायम रहेको छ। जसले कम्पनीको वित्तीय आधार बलियो देखाउँछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको