अमुदी फुड्स लिमिटेडले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरमा कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर (आईपीओ ) निष्कासन गर्ने भएको छ। उक्त सेयर निष्कासनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।
सेयर निष्कासन सम्बन्धी सम्झौता साउन २६ गते ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय, नक्सालमा सम्पन्न भएको हो। कार्यक्रममा अमुदी फुड्सका तर्फबाट अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
कम्पनीको कर्पोरेट कार्यालय काठमाडौं महानगरपालिका–३२, कोटेश्वरमा अवस्थित छ भने चितवनको भरतपुर महानगरपालिका–१२, गोन्द्राङमा खाद्य उत्पादन उद्योग सञ्चालनमा रहेको छ। अमुदी फुड्सको संस्थापनमा विभिन्न क्षेत्रका अनुभवी व्यवसायी, उद्योगपति, शिक्षाविद् तथा प्रतिष्ठित व्यक्तित्वहरू सहभागी छन्।
अमुदी फुड्सले ‘U-n-Me’ ब्रान्डअन्तर्गत गुणस्तरीय स्न्याक्स उत्पादन गर्दै आइरहेको छ। कम्पनीले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्यसहित नेपाली स्वादको विश्वव्यापी पहुँच विस्तार गर्ने उद्देश्य राखेको छ।
उद्योगको उत्पादन क्षमता वृद्धि गर्दै नुडल्स उत्पादनमार्फत बजार विस्तार, रोजगारी सिर्जना र ‘U-n-Me’ ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा एक प्रतिस्पर्धी ब्रान्डका रूपमा स्थापित गर्ने कम्पनीको योजना रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस