सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने अन्तिम म्याद आज असोज ५ गतेसम्म रहने भएको छ। कम्पनीले भदौ ३० गतेदेखि आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो।
यो आईपीओअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ९० हजार ६ सय ४० कित्ता सेयर उपलब्ध गराइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यस निष्काशनको विक्रि व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेड तोकिएको छ।
यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी छुट्याइएको सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ।
सन् २०१२ (वि.सं. २०६९) मा स्थापना भएको यो कम्पनीको उत्पादन इकाई नवलपुरको देवचुलीमा रहेको छ। सागर डिष्टिलरीले मदिराजन्य उत्पादन गर्दै आएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस