Like us!
Follow us!
Connect us!
Watch us!

सागर डिष्टिलरीको आईपीओ बाँडफाँड,यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा

अर्थ संसार

शुक्रबार, १० असोज २०८२, १७ : ५० मा प्रकाशित

सागर डिष्टिलरीको आईपीओ बाँडफाँड,यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा

सागर डिष्टिलरी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँड भएको हो। कम्पनीले गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११ लाख ९० हजार ६४० कित्ता आईपीओ निष्कासन गरेको थियो।

निष्कासन अवधिभर कुल २२ लाख २७ हजार ५०३ जनाले २ करोड ४२ लाख ८० हजार ५८० कित्ताका लागि आवेदन दिएकोमा २१ लाख ९३ हजार ८२३ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्। मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट गरिएको बाँडफाँडमा १ लाख १९ हजार ६४ आवेदकले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकीको हात रित्तो भएको छ।

बाँडफाँडको नतिजा सार्वजनिक हुन केही समय लाग्ने कम्पनीले जानकारी दिएको छ। 

यी तीन तरिकाबाट  हेर्नुहोस् नतिजा

सीडीएससीले आईपीओ हेर्न बनाएको बेवसाइट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट: https://muktinathcapital.com/share-allotment

मेरो शेयर एपः https://meroshare.cdsc.com.np/#/login

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको