Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सागर डिष्टिलरीको सेयर सूचीकृत

अर्थ संसार

विहीबार, २० कार्तिक २०८२, १३ : ३३ मा प्रकाशित

नेप्सेमा सागर डिष्टिलरीको सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सागर डिष्टिलरी लिमिटेडको सेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ७२ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा जारी गरेको १४ लाख ५२ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ५८ लाख ८ हजार कित्ता सेयर गरी कुल ७२ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०६ रुपैयाँ ५२ पैसादेखि ३१९ रुपैयाँ ५६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई एसएजीएआर स्टक टिकर प्रदान गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको