Like us!
Follow us!
Connect us!
Watch us!

सागर डिष्टिलरीको पहिलो चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, ०१ भदौ २०८२, ०७ : २५ मा प्रकाशित

सागर डिष्टिलरीको पहिलो चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सागर डिष्टिलरी लिमिटेडको पहिलो चरणको साधारण सेयर (आईपिओ) मा आवेदन दिने अन्तिम दिन आज भदौ १ गते रहेको छ।

कम्पनीले साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी १ लाख ४५ हजार २ सय कित्ता सेयर निष्काशन गरेको हो। लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटललाई दिइएको छ।

नेपाल धितोपत्र बोर्डले साउन १२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले जारी पुँजीको २० प्रतिशतबराबर १४ लाख ५२ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने जनाएको छ, जसको कुल मूल्य १४ करोड ५२ लाख रुपैयाँ हुने छ।

वि.सं. २०६९ सालमा स्थापना भएको सागर डिष्टिलरी लिमिटेडको उत्पादन इकाई नवलपुरको देवचुलीमा रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको