Like us!
Follow us!
Connect us!
Watch us!

आईजीन निर्देशिकालाई पाँच लगानीकर्ता संघको समर्थन, तत्काल लागु गर्न माग

अर्थ संसार

बुधबार, २८ साउन २०८२, १५ : ३९ मा प्रकाशित

आईजीन निर्देशिकालाई पाँच लगानीकर्ता संघको समर्थन, तत्काल लागु गर्न माग

पूँजी बजारका पाँच प्रमुख लगानीकर्ता संघ–संगठनले अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईजीन नम्बर) सम्बन्धी निर्देशिकालाई स्वागतयोग्य कदम भन्दै समर्थन जनाएका छन्।

जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल सेयर बजार लगानीकर्ता संघले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै आईजीन प्रणालीले पूँजी बजारलाई थप पारदर्शी, स्थिर र विश्वासिलो बनाउन योगदान पुर्‍याउने अपेक्षा छ ।

विज्ञप्तिमा दास्रो बजारमा कारोबार भइरहेका केही कम्पनीका संस्थापक सेयरधनीहरूले लकइन अवधि उल्लंघन गर्दै सेयर बेच्ने गरेको दुरुपयोग बढेको गम्भीर आरोप लगाइएको छ। यस किसिमका गतिविधि नियन्त्रण गर्न सिडीएस एण्ड क्लियरिङ लिमिटेडले अगाडि सारेको आईजीन सम्बन्धी निर्देशिका यथाशिघ्र स्वीकृत गर्न नेपाल धितोपत्र बोर्डलाई संघहरूले आग्रह गरेका छन्।

त्यस्तै, संस्थापक सेयरधनीहरूले कर्मचारीहरूसँग मिलेमतो गरी एउटै आईजीन नम्बरको गलत प्रयोग गरेर संस्थापक सेयर सर्वसाधारणमा परिणत नहुँदै दास्रो बजारमा महँगोमा बेचिएको घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरिएको छ। यस्तो दुरुपयोग रोक्नका लागि दुईवटा छुट्टाछुट्टै आईजीन नम्बर प्रयोग अनिवार्य गर्नुपर्नेमा उनीहरूको जोड छ।

संघ–संगठनहरूले कम्पनीको आईपीओ वा हकप्रद सेयर स्वीकृत गर्नुअघि कम्पनीको सुशासन, जोखिम वहन गर्ने क्षमता, पारदर्शिता, व्यवस्थापन र व्यवसायिक योजना जस्ता पक्षहरूको अध्ययन गरेर मात्रै स्वीकृत गर्न सुझाव पनि धितोपत्र बोर्डलाई दिएका छन्। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको