Like us!
Follow us!
Connect us!
Watch us!

एशियन थाई फुड्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालयन सेक्युरिटिज नियुक्ति

अर्थ संसार

बुधबार, २८ साउन २०८२, १६ : ३३ मा प्रकाशित

एशियन थाई फुड्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालयन सेक्युरिटिज नियुक्ति

एशियन थाई फुड्स लिमिटेड तथा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडबीच शेयर निष्काशन सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्ध सम्झौता गरिएको छ । यस सम्झौताले एशियन थाई फुडस लिमिटेडलाई नयाँ व्यवसायिक यात्रा तथा कम्पनीको विस्तारमा थप सहयोग हुने कम्पनीले विस्वास लिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौताको हस्ताक्षरमा एशियन थाई फुड्सको तर्फबाट शिवरतन शारडा (अध्यक्ष), महेश जाजु (प्रबन्ध निर्देशक), राधेश्याम शारडा (कार्यकारी सञ्चालक) र आशीष जाजु (सञ्चालक) ले प्रतिनिधित्व गरेका थिए । भने हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायव महाप्रबन्धक शंकर राजबाहकको प्रतिनिधित्व रहेको थियो ।

हिमालय सेक्युरिटिज बैंकर लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकर संस्था रही मर्चेन्ट तथा इन्भेष्टमेन्ट्स बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।Fast-Moving Consumer Goods (FMCG) products  अन्तर्गत चाउचाउ तथा स्न्याक्स अग्रणी उत्पादक तथा निर्यातकर्ताले हाल ३० भन्दा बढी देशहरुमा निर्यात तथा बिक्री बिस्तार गरेको छ । एशियन थाई फुड्सका प्रमुख उत्पादनहरु च्गmउगm, २ऊ बलम एचभभतष्  मार्फत विश्वभरका उपभोक्ता माझ गुणस्तर तथा स्वादको रुपमा परिचित छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको