मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सम्बन्धि विशष प्रस्ताव राख्दै पाँचौं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले विशेष प्रस्तावसहित भदौ २० गते, शुक्रबारका दिन सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एण्ड भेन्युमा बस्नेछ। सभामा हकप्रद सेयर निष्कासनसम्बन्धी विशेष प्रस्ताव पेस गरिनेछ। साथै, कम्पनीको पूँजी वृद्धि गर्नेसम्बन्धी प्रस्ताव र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा छलफलका लागि प्रस्तुत गरिनेछ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन र वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने एजेन्डा पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस