Like us!
Follow us!
Connect us!
Watch us!

टेनेक्स हाइड्रो होल्डीङले आईपीओ निष्कासन गर्ने,बोलायो साधारणसभा

अर्थ संसार

आइतबार, ०१ भदौ २०८२, १० : ४१ मा प्रकाशित

टेनेक्स हाइड्रो होल्डीङले आईपीओ निष्कासन गर्ने,बोलायो  साधारणसभा

टेनेक्स हाइड्रो होल्डिङ लिमिटेडले भदौ २१ गते साधारणसभा बोलाएको छ। सभा भक्तपुरको होटल भादगाउँमा बिहान ११ बजेका लागि तय गरिएको छ।

साधारणसभाले कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ। यस अन्तर्गत, आईपीओ जारी गर्नका लागि विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड लगायत सम्बन्धित निकायहरूबाट आवश्यक स्वीकृति लिने तथा उक्त प्रक्रियाका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ।

यसका साथै, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, नयाँ लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने, प्रथम सञ्चालक समिति चयन गर्ने तथा सञ्चालकहरूलाई कार्य सञ्चालनमा आउने सम्भावित कानुनी वा प्रशासनिक अड्चन हटाउन अधिकार दिने प्रस्तावहरू पनि सभामा पेस गरिनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको