Like us!
Follow us!
Connect us!
Watch us!

बैंकको ब्याजदरको असर बीमा कम्पनीको नाफामा - अधिकांश कम्पनीको नाफामा गिरावट,बढेकाको पनि न्यून

अर्थ संसार

आइतबार, ०१ भदौ २०८२, ११ : ०९ मा प्रकाशित

बैंकको ब्याजदरको असर बीमा कम्पनीको नाफामा - अधिकांश कम्पनीको नाफामा गिरावट,बढेकाको पनि न्यून

बैंकहरुको ब्याजदर कम हुँदाको असर बीमा कम्पनीमा देखिएको छ । बैंकको ब्याजदरमा निभर रहेका बीमा कम्पनीहरुमध्ये गत आर्थिक वर्षको अन्तिमसम्ममा अधिकांशको नाफामा गिरावट देखिएको हो । पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था रहेको छ ।

जसले गर्दा अहिले बैंकको ब्याजदर निरन्तर रुपमा घटिरहेको छ ।

यसको प्रभाव बीमा कम्पनीहरुको वित्तीय विवरणमा परेको छ । वित्तीय विवरण सार्वजनिक गरेका २८ वटा ठूला बीमा कम्पनीमध्ये १५ वटाको नाफामा घटेको छ भने १३ वटा कम्पनीको मात्रै नाफा बढेको छ । नाफा बढेका कम्पनीहरुको पनि निकै न्यून मात्रै बढेको छ । वित्तीय विवरण अनुसार १४ वटा जीवन बीमा कम्पनीमध्ये ८ वटाको नाफामा गिरावट आएको छ भने ६ वटाको मात्रै बढेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुमध्ये ७ वटाको बढेको छ भने ६ वटाको घटेको छ । त्यस्तै एउटाको नाफा ऋणात्मक रहेको छ । 

वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको नाफा १६.०१ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा कम्पनीहरुको नाफा २८.९२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले ६ अर्ब २ करोड ४७ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन् । अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको नाफा ७ अर्ब १७ करोड ३५ लाख रुपैयाँ रहेको थियो । त्यस्तै गत आवमा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब १६ करोड ३ लाख रुपैयाँ नाफा कमाएका छन् । निर्जीवन बीमा कम्पनीहरुको नाफा अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा ५ अर्ब ८५ करोड १९ लाख रुपैयाँ रहेको थियो । बीमा कम्पनीहरुको अधिकांश लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दति खातामा हुने गरेको छ । केही समय अघिसम्म ब्याजदर बढी हुँदा उल्लेख्य नाफा कमाइरहेका बीमा कम्पनीहरु अहिले ब्याजदर घट्दा त्यसको मारमा परेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको