सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘सूर्यज्योति एकल भुक्तानी जीवन बीमा योजना’को प्रोडक्ट एम्बेस्डरमा कमल घिमिरे नियुक्त भएका छन् । कम्पनीको बुटवल पाल्पारोड शाखामा आवद्ध भएका चिफ एजेन्सी म्यानेजर कमल घिमिरेले साउन महिनाको प्रोडक्ट एम्बेस्डर कन्टेस्ट जितेर उक्त बीमा पोलिसीको एम्बेस्डर बन्न सफल भएका हुन् ।
उनी सूर्यज्योति लाइफ इन्स्योरेन्सका विभिन्न योजनाहरुमा सधै सर्वोत्कृष्ट व्यवसाय गरी उत्कृष्ट अभिकर्ता बन्दै आएका छन् । साउन महिनाको उक्त कन्टेस्ट बिजेत बनेका उनी एक वर्षको लागि सो बीमा पोलिसीका प्रोडक्ट एम्बेस्डर बन्न सफल भएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस