आईएमई लाइफ इन्स्योरेन्सको ८ औँ वार्षिकोत्वस सम्पन्न भएको छ । स्वस्थ्य जीवनको लागि जीवनबीमाको महत्व भन्ने मूल सन्देशसहित काठमाडौं सहित देशका सातै प्रदेशमा एकैपटक प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो ।
जीवन बीमा सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सो प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । कम्पनीले देशका सातै प्रदेशमा रहेका शाखा कार्यालय तथा स्थानीय साझेदार संस्थाहरूसँगको सहकार्यमा उक्त दिवसलाई स्वास्थ्य सचेतना र बीमा अभिवृद्धिको महत्त्वपूर्ण अवसरका रूपमा लिएको थियो ।
कार्यक्रममा विभिन्न उमेर समूहका ग्राहक, अभिकर्ता, सञ्चालक समिति, कर्मचारी तथा सर्वसाधारहरुको सहभागिता रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले स्वास्थ्य र सुरक्षा दुबै जीवनको आधार हुन । प्रभातफेरीमार्फत हामी नागरिकलाई सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्दै जीवन बीमाको आवश्यकता र फाइदा बुझाउन चाहन्छौं ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस