Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफको नयाँ बोनसदर सार्वजनिक

अर्थ संसार

मंगलबार, १९ बैशाख २०८०, ११ : ११ मा प्रकाशित

आइएमई लाइफको नयाँ बोनसदर सार्वजनिक

आइएमई लाइफले आर्थिक वर्ष २०७८/७९ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट पारित भएसँगै कम्पनीले जारी गरेका विभिन्न किसिमका बीमा योजनाहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

कम्पनीले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । सावधिक तथा सामुहकि जीवन बीमालेखमा ९ वर्ष अवधि, १० देखि १४ वर्षको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३८ रुपैयाँ,२० देखि २४ वर्षको लागि ५० रुपैयाँ,२५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँ र यसै पोलिसीको ३० वा सोे भन्दा बढिको लागि ७० रुपैयाँ बोनसदर छ ।

सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा कम्पनीले ९ वर्षसम्म र १० देखि १४ वर्ष अवधिसम्मको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षको लागि ५० रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ६३ रुपैयाँ र ३० वर्ष वा सो वर्षभन्दा माथि अवधिका लागि ७० रुपैया बोनसदर छ । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले १० देखि १४ वर्षको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँसम्म बोनसदर छ ।

वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख (बाल किरण) मा कम्पनीले १० देखि १४ वर्षको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्षको लागि ६० रुपैयाँ बोनसदर छ । त्यस्तै, कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता)को सबै अवधिमा एउटै बोनसदर २० रुपैयाँ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको