Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाइफले पायो ‘केयर-एनपी ट्रिपल बि प्लस’ रेटिङ

अर्थ संसार

विहीबार, ०३ साउन २०८१, १४ : ३७ मा प्रकाशित

आईएमई लाइफले पायो ‘केयर-एनपी ट्रिपल बि प्लस’ रेटिङ

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ । 

कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्युनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्छ । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बि’ रेटिङ गरेको थियो ।

आव २०८०/०८१ को अवधिमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रुपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको  रेटिङ परिमार्जन भएको हो । कम्पनीले निरन्तर रुपमा बीमा क्षेत्रको औसत खुद मुनाफाको तुलनामा राम्रो वृद्धि दर हासिल गरिरहेको छ ।

 

रेटिङ एजेन्सीले आव २०८०/८१ मा हकप्रद तथा सार्वजनिक शेयर जारी गरे पश्चातको  कम्पनीको नेटवर्थको वृद्धिलाई पनि मूल्याड्ढन गरेको छ, जसले गर्दा आव २०८०/८१ को अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थतामा सुधार भएको छ । कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्ता पूँजीलाई ५ अर्ब रुपियाँसमेत पुर्याएको छ ।

यस कम्पनीका प्रतिष्ठित संस्थापक शेयरधनीहरु, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन समूह, कम्पनीको सम्पत्तिको गुणस्तर, पर्याप्त पुनर्बीमाको व्यवस्था तथा फैलिंदो शाखा सञ्जाल मार्फत बढ्दो भौगोलिक पहुँच र पछिल्लो २ आर्थिक वर्ष देखि नै मध्यम स्तरको सुरक्षित कम्पनी भएकै कारण रेटिङ एजेन्सीले परिमार्जित रेटिङ प्रदान गरेको हो । 

 

आगामी दिनहरुमा पनि कम्पनीले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने कुरामा प्रतिबद्ध रहेकोे जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको