Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएनए दक्षिण कोरियाको श्रमिक विद्यार्थी हेल्प डेक्स सुरु

अर्थ संसार

आइतबार, ०१ भदौ २०८२, १७ : ४८ मा प्रकाशित

एनआरएनए दक्षिण कोरियाको श्रमिक विद्यार्थी हेल्प डेक्स सुरु

दक्षिण कोरियाको राजधानी सियोलमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले श्रमिक विद्यार्थीहरुका लागि हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । आइतबार भौतिक र भर्चुअलरुपमा भएको कार्यक्रममा नेपालका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीले भर्चुअलरुपमा हेल्प डेक्सको उद्घाटन गरेका हुन् । 

सरकारले गर्नु पर्ने काम एनआरएनएले गरेको भन्दै मन्त्री भण्डारीले प्रशंशा व्यक्त गरे । एनआरएनएसँग मिलेर काम गर्न सरकार सदैव तयार रहेको उनको भनाइ थियो । उनले विदेशमा बसेका नेपालीसँग नेपाल सरकार सदैव आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको उल्लेख गर्दै यस्ता रचनात्मक र सृजनात्मक काममा सहयोग र सहकार्य हुने पनि प्रष्ट पारे ।  सरकारले विदेशमा रहेका श्रमिकलाई सूचना प्रणालीमा एकरुपता र सहज बनाउनका लागि ‘श्रम संसार एप’ बनाएको र त्यसमा एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठसहितको टिमसँग सहकार्य गरेर खाडी मुलुकमा एआईमार्फत समस्या समाधान गर्नका लागि पाइलट प्रोजेक्ट चाँडै सुरुहुने समेत बताए । कार्यक्रमका गैर आवासीय नेपाली संघका अध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनएले गर्नुपर्ने वास्तविक काम दक्षिण कोरियाले सुरुवात गरेको बताउँदै एनआरएनए आइसीसीको तर्फबाट हुनसक्ने सबै प्रकारका सहयोग गर्न तयार रहेको बताए । 

‘हामीले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग सहकार्य गरेर वान डोर सिस्टमबाट मन्त्रालयले तयार गरेको श्रम संसार पोर्टल लाई प्रयोग गरेर यसलाई बिषेश र फराकिलो ढंगले काम गर्न लागि रहेका छौं । यसको परिणाम अवको केह दिनमै तपाईंहरुले देखिहाल्नुहुने छ,’ उनले भने । फरक प्रसंगमा अध्यक्ष श्रेष्ठले एनआरएनए भित्रको विभाजन, अन्यौल्ता र केहि कानुनी कुराहरु अब सम्मानित शर्वोच्च अदालतले चाडै टुङगाउने आशा व्यक्त गरे ।  एनसीसी दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङको अध्यक्षता भएको कार्यक्रममा एनआरएनए एकता उच्चस्तरीय समितिका पूर्व सदस्य विनोद कुँवर, कोरियास्थित विभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधि, राजनैतिक दल, पत्रकार, विद्यार्थी, श्रमिक लगायत कोरियामा रहेका नेपाली समुदायको उपस्थिति रहेको थियो । 

दक्षिण कोरियामा पछिल्लो समय नेपाली श्रमिक र विद्यार्थीहरूको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । उनीहरूले भोग्नु परेका समस्या पनि विकराल रूप लिन थालेको सन्दर्भमा, उक्त समस्याहरू केही हदसम्म समाधान र न्युनिकरण गर्न यो हेल्प डेस्कको सुरुवात गरिएको अध्यक्ष विपिन कुमार गुरुङले बताए ।  हेल्प डेस्कमार्फत श्रमिक तथा विद्यार्थीहरूले भोगेका भाषागत समस्या, कानुनी जटिलता, स्वास्थ्यसम्बन्धी विषयहरू, कम्पनीभित्रको विभेद, कम्पनी दुर्घटना, भिसा, अध्ययन र करियरसम्बन्धी परामर्शहरू तुरुन्तै प्राप्त गर्न सक्नेछन् । साथै, अन्य कानुनी प्रक्रिया र आवाज उठाउनुपर्ने विषयहरूमा पनि डेस्कले आवश्यक सहायता प्रदान गर्नेछ ।

अनौपचारिक रुपमा सुरुवात भएको केहि दिन अगाडि बाटनै हेल्प डेक्समा दुई दर्जन भन्दा बढि श्रमिक विद्यार्थीका विभिन्न समस्या आएको र त्यसको सुनुवाइ र समाधानको लागि निरन्तर प्रयास भएको तथा केहि समस्या समाधान भएको पनि बताइएको छ । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जित कुँवरले स्वागत मन्तव्य राखेका थिए भने महासचिव अजय सोडारीले कार्यक्रम सञ्चालन गरेका थिए ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको