नेपाल राष्ट्र बैंकले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर पाँच लाखसम्म सटही सुविधा प्रदान गर्ने भएको छ । केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै यस्तो बताएको हो । केन्द्रीय बैंकले चाँदी आयातमा भुक्तानीको सीमालाई परिवर्तन गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले आइतबार विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र प्राप्त निकायहरूलाई परिपत्र जारी गर्दै यसअघि तोकिएको तीन लाख डलरको सटही सीमा बढाएर पाँच लाख डलर पुर्याएको हो। अन्य सुनचाँदी व्यवसायीहरूका लागि भने प्रतिपटक एक लाख अमेरिकी डलरसम्म वा सो बराबरको मात्र सटही सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ ।
त्यस्तै, चाँदीका गरगहना तथा कलात्मक वस्तुहरू निर्यात गर्ने व्यवसायीलाई निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी, प्रतीतपत्र वा विदेशबाट प्राप्त खरिद आदेशका आधारमा आवश्यक परे सटही सुविधा लिन सक्नेछन्। यस अवस्थामा भने तोकिएको आयात भुक्तानीको सीमा भने लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस