Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो कर्मचारी

अर्थ संसार

सोमबार, ०२ भदौ २०८२, १४ : १५ मा प्रकाशित

नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो कर्मचारी

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले बाग्मती प्रदेश कार्यालय गैह्रीधारा काठमाडौंका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले वरिष्ठ सहायक अन्तर्गतको कृषि बीमा प्राविधिक र पशुपन्छी बीमा प्राविधिक पदमा एक–एक जना कर्मचारी माग गरेको हो । यी दुवै पदका लागि सम्बन्धित विषयमा कम्तीमा डिप्लोमा गरी १ वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको हुनु पर्नेछ भने २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ ।

योग्य तथा इच्छुक व्यक्तिले भदौ १५ गतेभित्र आवश्यक कागजात सहित तोकिएको माध्यमबाट आवेदन दिनु पर्नेछ ।


 

68a2e5732e465.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको