Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दीमा जलविद्युत आयोजना बनेसँगै सयौंले पाए रोजगारी

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, १२ : ४० मा प्रकाशित

दोर्दीमा जलविद्युत आयोजना बनेसँगै सयौंले पाए रोजगारी

दोर्दी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रमसँगै यस क्षेत्रका अधिकांश युवाले रोजगारी पाएका छन् । सीप भएका र सीप नभएका दुवैथरीका युवाहरू यी आयोजनामा रोजगार छन्।

आफ्नै दैलोमा रोजगारी पाउने भएपछि खाडीलगायतका धेरै मुलुकमा गएका युवाहरू गाउँ फर्किएका छन् । सुपरदोर्दी ‘ख’ले निर्माण गरेको ५४ मेगावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्रका ६० जनाभन्दा बढीलाई रोजगारी दिएको छ । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ५० जना स्थानीयलाई रोजगारी दिएको छ ।

यस्तै, २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाले सयजनालाई रोजगारी दिएको दोर्दी खोला जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक गुरुप्रसाद ढकाल बताउँछन् । दोर्दी खोलामा निर्माणको अन्तिम चरणमा रहेको १२.५ मेगावाटको दोर्दी-१ जलविद्युत् आयोजनो पनि सयौँ स्थानीयलाई रोजगारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको