Like us!
Follow us!
Connect us!
Watch us!

विद्यार्थीलाई अवसरसँग जोडिरहेकाे समयको "सेयरिङ्ग अपरच्युनिटीज्"

धिरज पौड्याल

सोमबार, ११ पुस २०७९, १३ : १२ मा प्रकाशित

विद्यार्थीलाई अवसरसँग जोडिरहेकाे समयको "सेयरिङ्ग अपरच्युनिटीज्"

अवसर र रोजगारीको तुलनामा नेपाललाई दशकौँदेखि सम्भावना नै नभएको देशको रूपमा लिने गरिन्छ तर २०७३ बाट म्यासेन्जर ग्रुपबाट सुरु भएको एउटा परिकल्पनाले अहिले देशभरीका विभिन्न तहमा अध्यनरत विद्यार्थीहरुलाई विभिन्न अवसर सँग जोडेको छ, जसकाे परिकल्पाकार हुन समय खड्का। 

केही वर्ष अगाडी सामाजिक सञ्जाल फेसबूकमा रोजगारीका अवसर प्रदान गर्ने विभिन्न ग्रुपहरु थिए । अनेकाैँ फेसबूक ग्रुपहरूमा फेक रोजगारीका अवसर र रोजगारीका स्क्याम नै सञ्चालित थिए। आज पनि फेसबूकमा नेपालको बढ्दो बेरोजगारीको फाइदा उठाउन विभिन्न गलत रोजगारीका पोस्टहरु देखिने गरिन्छ । तर समयले सुरुवात गरेको Sharing Opportunities भने भिन्न छ । आज Sharing Opportunities मा देशभरका ४७ हजार विद्यार्थी जोडिएका छन् उक्त ग्रुपमा दैनिक रूपमा विभिन्न इन्टर्नसिप, रोजगारीको अवसर, विभिन्न इभेन्टहरु पोस्ट र प्रोमोट भइरहेको हुन्छ । 

"सिन्धुलीबाट काठमाण्डौँ अध्ययन गर्न आएको थिएँ, गाउँबाट आउँदा अब के गर्ने भन्ने हुन्छ, काठमाण्डौमै जन्मिएर हुर्किएकाहरुको लागि यहाँ सृजना हुने अवसरसँग जोडिन सहज हुने थियो जानकारी तथा सूचनाको पहुँच हुने गर्थ्यो, तर उपत्यका बाहिरबाट उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौँ आएकाहरुलाई भने विद्यालयका कार्यक्रम भन्दा बाहिरको अवसर कहाँ कसरी लिन सकिन्छ भन्ने थाहा हुने थिएन, उनीहरूलाई सूचना लिने ठाउँ थाहा हुने ठेगाना, अवसर उनीहरूसम्म पुग्ने थिएन जसको असर मैले पनि भोगेको थिएँ।" समय बताउँछन्

उनी थप्छन्, "साथीहरु वादविवाद, वक्तृत्वकला तथा अन्य प्रतियोगितामा सहभागी हुने गर्थे, आफूलाई भने कतै सहभागिताको जानकारीसम्म हुँदैनथ्यो। मैले अतिरिक्त क्रियाकलापमा सहभागी हुनुपर्छ भन्ने मान्यता राख्ने गर्दथेँ, थाहा हुने कार्यक्रममा सहभागी हुने गर्दथेँ । म आफू सहभागी हुने कार्यक्रममा सहभागिता कम देख्दा, कुराहरू सेयर गर्दा सहभागिताको इच्छा राख्ने साथीहरुको संख्या उच्च देख्दा नेपालमा यस्तो कुनैपनि अवसर सेयर प्लाटफोर्मको खोजी गरेँ, अवसर सेयर गर्ने ग्रुप सक्रिय थिएनन् र प्ल्यार्फम पनि थिएनन्, मलाई नेपाली विद्यार्थीको लागी अवसर आदानप्रदान गर्ने एउटा प्लाटफर्म बनाउन मन लाग्यो।" 

समयले आफ्नो ५-६ साथीहरुसँग आयोजना हुने प्रोग्रामहरुको जानकारी आदाप्रदान गर्ने मेसेन्जर ग्रुपबाट सुरु भएको Sharing Opportunities मा  अहिले देशभरका विभिन्न विद्यार्थीहरुले सहज रुपमा ग्रुपको मापदण्डमा रहेर अवसर आदानप्रदान गरिरहेका छन्। 

"हामी ५-६ जना साथी भएर हामीलाई थाहा हुने अवसर एकापसमा आदानप्रदान गर्ने उद्देश्यले मेसेन्जर ग्रुपबाट ग्रुपको सुरुवात गर्यौ। हामीले काठमाण्डौँमा हुने विभिन्न कार्यक्रमहरु आदान प्रदान गर्ने गर्थ्याैँ, बिस्तारै सहभागीको संख्या बढ्दै थियो मेसेन्जरमा २५० जना मात्र सहभागी हुन मिल्ने थियो, ग्रुपमा सहभागीको संख्या बढ्दै गएपछि म्यासेन्जर ग्रुपबाट फेसबूक ग्रुप सुरुवात गरेँ । फेसबूक ग्रुपमा हामीले अवसरहरु आदान प्रदान गर्दै गयौं, सहभागीको संख्या बढ्दै थियो।" उनी बताउँछन्। 

“हामीले सुरुवातमा इभेन्ट हरुलाई ग्रुपमा पोस्ट गर्न थाल्यौ, अतिरिक्त क्रियाकलापबारे सबैलाई जानकारी मिल्ने गर्दथ्यो। नेपालमा विद्यार्थीहरुले अध्ययन सँगसँगै इन्टर्नसिप गर्ने बढ्दो चरणमा थियो, वैदेशिक अध्यनमा जानेहरुको लागि आवश्यक रहन्थ्यो उनीहरू सर्टिफिकेटकै लागि इन्टर्नसिपमा जोडिने हुँदा यसले नकारात्मक प्रभाव गरिरहेको थियो। नेपालमा पढ्नेबेला पढ्ने र पढिसकेपछि मात्र रोजगारी वा अन्यमा पेसामा संलग्न हुने परिपाटी थियो। इन्टर्नसिप गर्नुपर्छ भन्ने कुराहरु सँसागै बढ्दै थियो, हामीले ग्रुपमा इन्टर्नसिप हरुलाई पनि प्रोमोट गर्यौँ। ”

"विद्यार्थीहरुलाई विद्यालय पछिको खाली समयमा कसरी सदुपयोग गर्ने भन्ने कुरा थाहा थिएन, हामीले विद्यालय सकिएपछि दिन भरी के गर्ने, कसरी प्रोडक्टिभ भन्ने भन्ने विषयमा आफै ट्रेनिङ प्रदान गर्यौ साथै आयोजकलाई सहजीकरण गर्यौ। फेसबुकले विद्यार्थीको अनुत्पादनशील बाट उत्पादनशी बनाउन विभिन्न सूचना र अवसर प्रदान गर्यौ। हामीले Sharing Opportunities बाट विद्यार्थीहरुमा Access to Information लाई जोड दियौ। सुरुवात मा १००० जनाको सहभागिता बनाउन निकै समस्या परेको थियो, धेरै समय लागेको थियो। ग्रुपमा निरन्तर रूपमा पोस्ट गर्यौ, ग्रुपको क्वालिटी व्यवस्थापन गर्दै अगाडि बढ्यौं जसको कारण हामीलाई विश्वास गर्ने धेरै विद्यार्थीहरुलाई जोडिँदै जानुभयो ।" समय बताउँछन्। 

"LOCKDOWN को समयमा घरमा सबै विद्यार्थी रहिरहेका थिए, के गर्ने भन्ने उनीहरूलाई थाहा थिएन, हामीले विभिन्न कार्यक्रमहरु पोस्ट गर्ने गर्थ्याैँ। हामीले विद्यार्थीहरुलाई अवसरसँग जोड्ने कार्य गर्यौँ अनि हामीले पनि सफ्ट स्किल ट्रेनिङ आयोजना गर्यौँ ।  नेपालमा इन्टर्नसिप गर्नुपर्छ भन्नेकुराको बिस्तार भइरहेको थियो तर गर्ने संख्या कम थियो। कम्पनीहरुले इन्टर्नहरु मागिरहेका हुन्थे, बिस्तारै नेपालमा इन्टर्नसिपको नकारात्मक प्रभाव बढिरहेको थियो।" समय थप्छन् ।

इन्टर्नसिपको रूपमा विद्यार्थीहरूलाई कम्पनीले लिने गर्दथे तर उनीहरू फोटोकपी गर्न मात्र लगाउँथे, समय र Sharing Opportunities ले इन्टर्नसिप शिक्षण मुखी रहनुपर्छ भन्नेमा वकालत गरे। अनपेड इन्टर्नसिप प्रदान गर्ने कम्पनीहरुको संख्या बढ्दै गरेको देखिन्थ्यो ग्रुपमा सदस्यहरू त्यस्तो पोस्टमा प्रतिकार गर्ने गर्दथे, समय र ग्रुपका सदस्यको सक्रियतामा अनपेड इन्टर्नसिपको प्रतिकार गरे। पछिल्लो समय नेपालमा अनपेड इन्टर्नसिपको चर्को बिरोध भइरहेको देखिन्छ। पछिल्लो समय ग्रुपमा न्यूनतम दर उल्लेख नभएका रोजगारीका पोस्ट, कम्पनीको बिबरण उल्लेख नगरिएको पोस्टहरु एप्रुभ हुन छाडेको छ। 

ग्रुपको सुरुवातलाई सम्झिँदै समय बताउँछन्, “सुरुवातमा ग्रुपमा एक्लै पोस्ट गर्ने गर्थे, साथीहरूलाई ग्रुपमा अन्य साथी जोड्न आग्रह गर्ने गर्दथे। कतिपय अवस्थामा छाड्न मन पनि लाग्थ्यो तर विस्तारै त्यस्ले इम्प्याक्ट सृजना गरिरहेको थियो। इभेन्ट थाहा पाइन्छ अवसर जानकारी पाइनछ भनेर धेरै विद्यार्थी जोडिँदै गए, उनीहरूले आफूले पाएको अवसरबारे अनुभव सेयर गर्ने गर्थे जसले गरिरहने प्रेरणा मिल्ने गर्दथ्यो। पोस्टहरु बढ्दै जाने गर्थे, ग्रुपमा मेम्बरको सक्रियता बढ्दै गएपछि पोस्टको संख्या बढ्दै गइरहेको थियो, समय निकालेर पोष्ट एप्रूभ गर्ने गर्थेँ, ग्रुपको क्वालिटी खस्किन नदिन र नेपालको जब मार्केटको गलत कुराहरू हटाउन प्रयास गरिरहेँ। ”

Sharing Opportunities group Events, Scholarship, Opportunities, Internship हुँदै अहिले रोजगारीको लागि मध्यस्थता गरिरहेको छ । ग्रुपबाट १००० बढीले रोजगारी, २००० बढीले इन्टर्नसिप एबम् ५००० बढी सदस्यले विभिन्न अवसरमा सहभागी भइसकेको समय बताउँछन्। 

पढ्ने बेला पढ्ने र काम गर्ने बेला काम गर्ने परिपाटी परिवर्तन भएर अहिले पढ्दै इन्टर्नसिप, जव गर्नुपर्छ भन्ने सम्म आइपुगेको छ जसले एकैपटक पूर्ण रोजगारीका सहभागी हुँदा भोग्नुपर्ने समस्या कम गर्ने गर्दछ भने शिक्षण सिकाईको व्यवरिकरण हुने गर्दछ। इभेन्टमा सहभागी रहदाँ नेटवर्किंग हुने गर्दछ, मान्छे चिनिने गरिन्छ र सामान सोच भएका व्यक्तिसँग चिनजान हुने मौका मिल्छ। हामीले कक्षाकोठा भित्रको सिकाइलाई मात्र प्राथमिकता दिँदा कक्षा कोठा बाहिरको अवसरलाई सदुपयोग गर्न सकिरहेको हुँदैनौं जसलाई हामीले Sharing Opportunities बाट विद्यार्थीलाई सिकाइ अवसर सँग जोड्ने कार्य गर्यौ। समय थप्छन्।

*Hello Enterpreneur, If you want to get featured on Arthasansar.com mail us at [email protected] or [email protected]








 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको