Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफको एएमएल र सीएफटी तालीम सम्पन्न, वित्तीय प्रणालीमा पारदर्शिता र सुरक्षा सुदृढीकरणमा जोड

अर्थ संसार

मंगलबार, ०३ भदौ २०८२, ११ : ०५ मा प्रकाशित

सन नेपाल लाइफको एएमएल र सीएफटी तालीम सम्पन्न, वित्तीय प्रणालीमा पारदर्शिता र सुरक्षा सुदृढीकरणमा जोड

सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले Anti Money Laundering (एएमएल) तथा Combating the Financing of Terrorism (सीएफटी) सम्बन्धी
विशेष तालिम नगरकोट स्थित रत्नागिरि रिर्सोट मा आयोजना गरेको छ । उक्त कार्यक्रममा कम्पनीका कानून विभाग प्रमुख श्री सुबास भण्डारीले तालिम प्रदान गर्नुभएको थियो ।

उनले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औंल्याए ।

साथै एएमएल र सीएफटी सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरणका निर्देशिका, र दैनिक कामकाजमा पालन गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत प्रशिक्षण दिए । कार्यक्रममा कोशी, मधेश तथा बागमती प्रदेशका शाखा प्रमुख लगायत कम्पनी प्रमुख बजार अधिकृत श्री गणेश चौलागाइ ज्यु तथा कम्पनीका अन्य पदाधिकारीहरुको मुख्य उपस्थिति रहेको थियो । हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका १४३ शाखा बाट जीवन बीमा व्यवसाय संचालन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको