नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा ‘नाडा अटो शो–२०२५’ आज भदौ ३ गते काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्, भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलको समेत उपस्थिति रहेको थियो। यो प्रदर्शनी भदौ ८ गतेसम्म सञ्चालन हुनेछ।
‘गो फर मोर’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस संस्करणमा उन्नत प्रविधि, स्मार्ट मोबिलिटी र दिगोपनलाई विशेष प्राथमिकता दिइएको छ। प्रदर्शनीमा अत्याधुनिक स्वचालित चारपांग्रे रोबोट ‘युनिट्री रोबोट्स’ र भविष्यका शहरी हवाई सवारी ‘डिपल इभटोल युएभी’ जस्ता प्रविधिहरूको झलक पनि प्रस्तुत गरिनेछ।
यस वर्षको शोमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड, तथा ३५ वटा टायर, ल्युब्रिकेन्ट, उपकरण र वित्तीय सेवा प्रदायक कम्पनीहरू गरी १२५ भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहनेछ। करिब १ लाखभन्दा बढी आगन्तुकको उपस्थितिको अपेक्षा गरिएको यो अटो शो ३ लाख वर्गफुट क्षेत्रफलमा फैलिएको छ। खल्ती एपमार्फत टिकटको अग्रिम बुकिङ गर्दा २०५ क्यासब्याकको सुविधा पनि प्रदान गरिएको छ।
प्रदर्शनी स्थलमा दुईपांग्रे, चारपांग्रे, अटो पार्ट्स, वित्तीय सेवा लगायत विभिन्न जोन छुट्टाछुट्टै रुपमा व्यवस्था गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस