Like us!
Follow us!
Connect us!
Watch us!

अटो शोमा ४० प्रतिशत गाडि बुकिङ हुन्छ - अध्यक्ष चौधरी

अर्थ संसार

मंगलबार, ०३ भदौ २०८२, १४ : ०३ मा प्रकाशित

अटो शोमा ४० प्रतिशत गाडि बुकिङ हुन्छ - अध्यक्ष चौधरी

नाडा अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष करण चौधरीले नाडा अटो शो नेपाली अटो व्यवसायको गौरवपूर्ण उपलब्धि भएको उल्लेख गर्दै, यसले अटो व्यवसायीहरूको हितमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो–२०२५ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनका अनुसार नाडाले १० लाखभन्दा बढीलाई रोजगार प्रदान गरिरहेको छ भने ३ हजारभन्दा बढी व्यवसायीहरूलाई संगठित गरेको छ। उनले भने, ‘नाडाले व्यवसायीहरुको मनोबल बढाउन काम गर्छ । अटो पोलिसीका लागि हामिले सल्लाह सुझाव समेत दिने गरेका छौ । आज रोड सुरक्षा बारे समेत चर्चा भइरहेको छ । नाडा सिप पनि दिन्छ रोजगारी समेत प्रदान गर्ने छ । युवा पलायन रोक्नु हाम्रो दायित्व हो । युवाले चाहे जे पनि सम्भव हुनेछ ।

'अटो शो प्रदर्शन मात्र होइन व्यवसायी थलो हो । ४० प्रतिशत बुकिङ हुन्छ अटो शोमा । नयाँ सवारी मापदण्ड बारे समेत हामिले समन्वय गरि रहेका छौ,उनले  थपे ।'

उनले यसपटक रोबर्ट र उड्ने कार समेत लन्च गर्ने र सरकार ईभिलाई प्रोत्साहन गर्ने देखि उर्जा क्षेत्रमा ठुलो फड्को मारेको बताए । ‘सरकारको बजेट अटो क्षेत्रमा राम्रो आएको छ । यो मेरो कार्यकालमा यता १० वर्ष यताकै राम्रो बजेट आएको छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको