एसीसी पुरुष टी–२० एसिया कपको लागि भारतीय टोली घोषणा भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सूर्य कुमार यादवको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
सूर्य कुमारको कप्तानीमा शुभमन गिल उपकप्तानका रूपमा रहेका छन् । गिल टेष्ट टोलिको कप्तान हुन् । यूएईमा ९ देखि २८ सेप्टेम्बरसम्म हुने यस प्रतियोगितामा ८ टोलीले सहभागिता रहने छ ।
भारतीय टिमः सूर्य कुमार यादव(कप्तान), शुभमन गिल (उपकप्तान), अभिषेक शर्मा, तिलक बर्मा, अक्षर पटेल, जितेश शर्मा, जसप्रित बुमराह, अर्शदिप सिंह, हार्दिक पाण्ड्या, शिवम् दुबे, बरुण चक्रवर्ती, कुलदिप यादव, सञ्जु सामसन, हर्षदिप राना र रिन्कु सिंह ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस