Like us!
Follow us!
Connect us!
Watch us!

सुन तोलामा १६ सयले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

बुधबार, ०४ भदौ २०८२, १० : ३९ मा प्रकाशित

सुन तोलामा १६ सयले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट, कतिमा हुँदैछ कारोबार ?

साताको कारोबार हुने चौथो दिन सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ६०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले घटेको हो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य ४५ रुपैयाँले घटेर २ हजार २५५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको