स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा रियलले ओसासुना विरुद्ध संघर्षपूर्ण जित निकालेको हो ।
रियल १–० ले विजयी भएको हो । उसको जितमा केलियन एम्बाप्पेले ५१औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । यो खेल रियलका नयाँ प्रशिक्षक जाभि अलोन्सोको पहिलो आधिकारिक लिग खेल थियो ।
अलोन्सोले नयाँ सिजनका ३ नयाँ डिफेन्डर आल्भारो कार्रेरास, ट्रेन्ट अलेक्ज्यान्डर–आर्नोल्ड, र डिन होइसेनलाई पहिलो रोजाइमै राखे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस