Like us!
Follow us!
Connect us!
Watch us!

टप इन्ड सिरिजः मेलबर्नविरुद्धको खेलमा नेपाली कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्दै नेपाल

अर्थ संसार

बुधबार, ०४ भदौ २०८२, ११ : ३२ मा प्रकाशित

टप इन्ड सिरिजः मेलबर्नविरुद्धको खेलमा नेपाली कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्दै नेपाल

अष्ट्रेलियामा जारी टप इन्ड सिरिज अन्तरगत आफ्नो चौथो खेलमा नेपालले आफ्नो कप्तान परिवर्तन गरेको छ । आजको खेलमा नेपाली टोलीले कप्तान रोहीत पौडेललाई आराम दिएर उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई कप्तान बनाएको हो । 

नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेपालले अघिल्लो खेलमा दिपेन्द्रलाई विश्राम दिइएको थियो । यो प्रतियोगितामा नेपालका प्रशिक्षकले सबै खेलाडीहरुलाई पालैपालो अवसर दिइरहेका छन् । नेपाली टीममा आज सन्दीप लामिछानेलाई रेस्ट दिइएको छ । उनको स्थानमा साहब आलम समावेश भएका छन् ।

यसैगरि अलराउन्डरद्वय रुपेश सिंह र गुल्शन झाले पनि कमब्याक गरेका छन् । करणलाई बाहिर राखेर सोमकाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छ । विकेटकिपर तथा ओपनर आसिफ शेखलाई बाहिर राखिएको छ । लोकश बमले नेपालको विकेटकिपिङ सम्हालेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको