Like us!
Follow us!
Connect us!
Watch us!

टप इन्ड सिरिजः नेपालको लगातार दोस्रो जित, मेर्लबर्न रिनेगेटट्स ३३ रनले पराजित

अर्थ संसार

बुधबार, ०४ भदौ २०८२, १४ : ३२ मा प्रकाशित

टप इन्ड सिरिजः नेपालको लगातार दोस्रो जित, मेर्लबर्न रिनेगेटट्स ३३ रनले पराजित

अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आफ्नो पाँचौ खेलमा नेपालले दोस्रो जित निकालेको छ । आजको भएको खेलमा नेपालले मेलबर्न रिनेगेट्स एकेडेमीलाई ३३ रनले पराजित गरेको हो । 

१४० रनको सामान्य लक्ष्य पाएको मेलबर्न रिनेगेट्स एकेडेमीले १ बल बाँकी रहँदा १०६ रनमा अलआउट भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५ विकेट लिए । त्यस्तै कुशल भुर्तेलले २ विकेट लिए भने साहब आलम र दिपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।  यस अघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । टीममा निकै फेरबदल गरिरहेको नेपालले आज नियमित कप्तान रोहितकुमार पौडेललाई बेन्चमा राखेको थियो । उपकप्तान दिपेन्द्रसिंह ऐरीले टिमको कप्तानी गरेका छन् । 

आसिफ शेखलाई बेन्चमा राखेको नेपालले कुशल भुर्तेलसँग ओपनरका रुपमा रूपमा भीम सार्कीलाई पठाएको थियो । तर, यो जोडी धेरै टिकेन । ६ बलमा १ रन बनाएर भुर्तेल आउट भए । तेस्रो नम्बरमा आए आरिफ शेख र भीम आक्रमक साझेदारी गरे । भीम १२ बलमा १७ रन बनाएर आउट भए भने आरिफ ७ बलमा १२ रन जोडेर फर्किए । ३२ रनमा तीन विकेट गुमाउँदै नेपाल दबाबमा पर्‍यो ।

त्यसपछि कुशल मल्ल र कप्तान ऐरीबीच ५० रनको उपयोगी साझेदारी भयो । मल्ल २२ बलमा २९ रन जोडेर आउट भए । त्यसपछि नेपालले लगातार विकेट गुमाइरह्यो । गुल्शन झा २ र सोमपाल कामी ० रनमा आउट भए । कप्तान ऐरी पनि २८ बलमा २७ रन जोडेर पेभिलियन फर्किए । १०० रनमा सात विकेट गुमाएको स्थितिबाट नेपाललाई लोकेश बलमे अलिकति उकासे । आठौं नम्बरमा ब्याटिङ गर्न आएका उनले १६ बलमा २४ रन प्रहार गरे । १९ औं ओभरको अन्तिम तीन बलमा उनले लगातार दुई छक्का र चौका प्रहार गरेका थिए । रुपेश सिंहले २१ बलमा १६ रन जोडे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको